प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री सन्तोष प्रसाईलाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड प्रदान गरिएको छ ।
बिज्ञापन
उनी सोमबार सम्पन्न छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड समारोहमा यो सम्मानबाट विभूषित भएका हुन् । प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसाईलाई अवार्ड प्रदान गरेका थिए ।
बिज्ञापन
बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समितिदेखि लिएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा प्रसाईले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रसाईको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले उल्लेखनीय व्यवसायिक बृद्धि हासिल गरी नेपाली बीमा बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको उल्लेख गरिएको छ ।
बिज्ञापन
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डअन्तर्गत विभिन्न पेशा–व्यवसायमा उल्लेखनीय योगदान पु¥याएका नेपालसहित एसियाका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने परम्परा रहेको छ । यसअन्तर्गत यस वर्ष बीमा क्षेत्रमा विशेष योगदान पु¥याएका प्रसाईलाई ‘भिजनरी लिडर’ अवार्ड दिइएको हो ।







