होमपेज > अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित अवस्थामा

अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित अवस्थामा

बिज्ञापन
बिज्ञापन

यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो तीन बर्षमा पहिलो पटक संकुचित भएको हो ।

बिज्ञापन

बिज्ञापन

जनवरी–मार्च अवधिमा कुल गार्हस्थ्य उत्पादन वार्षिक ०.५ प्रतिशतको दरले घटेको छ, जुन अघिल्लो अनुमानभन्दा ०.३ प्रतिशत बिन्दुले घटेको हो । पहिलो त्रैमासिकमा अमेरिकी आर्थिक अवस्थामा मुख्यतया बढ्दो आयात र सुस्त उपभोक्ता खर्च जस्ता कारकहरूले भएको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

पहिलो त्रैमासिकमा आयात ३७.९ प्रतिशतले बढेको छ र यसले कुल गार्हस्थ्य उत्पादनमा ४.६६ प्रतिशतको संकुचन ल्याएको प्रतिवेदनमा उल्लेख छ। पहिलो त्रैमासिकको अवधीमा वृद्धि दर बढ्दो आयातले रोकिएको थियो । किनभने अमेरिकी फर्महरूले व्यापक कर लागू हुनुभन्दा पहिले विदेशी सामानहरू खरिद गर्न हतार गरेको उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व अर्थतन्त्रलाई नै असर पार्न सक्ने आर्थिक नीतिहरु लागू गरेपछि अर्थतन्त्र संकुचित बनेको बताइन्छ । अमेरिकी अर्थतन्त्रको लगभग ७० प्रतिशत ओगटेको व्यक्तिगत उपभोग खर्च, त्रैमासिक दर ०.५ प्रतिशतले मात्र बढेको देखिन्छ । जुन अघिल्लो अनुमानमा १.२ प्रतिशतबाट उल्लेखनीय रूपमा घटेको हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते