शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १:१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्रीका लागि आवेदन खुला गरेको छ। कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर, १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो।
बिज्ञापन
हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ। कम्पनीले यसअघि साउन १६ गते बुक क्लोज गरेको थियो। तसर्थ, साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीका शेयर किन्ने वा स्वामित्व राख्ने शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
बिज्ञापन
शेयर खरिदका लागि सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकका शाखाहरू, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, र ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सकिनेछ। यस हकप्रद निष्कासन तथा बिक्रीको प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड नै हो।
शिवश्री हाइड्रोपावर लिमिटेडले यो हकप्रद मार्फत संकलित पूँजीलाई आफ्ना चालु तथा आगामी जलविद्युत परियोजनाहरूमा लगानी गर्ने जनाएको छ।








