बिज्ञापन
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर दुई लाख ३६ हजार ३०० रुपैयाँमा कायम भएको छ।
बिज्ञापन
मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने आज ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ९६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
हाल अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै गएको र सोको प्रभावस्वरूप सुनको मूल्यमा उतारचढाव देखिएको सुनचाँदी व्यवसायीहरूको भनाइ छ।








