बिज्ञापन
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्।
बिज्ञापन
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई का अनुसार रसले केही दिनअघि औपचारिक रूपमा राजीनामा दिएका हुन्। गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष पूरा नहुँदै राजीनामा दिएका हुन्।
राईले भने, “उहाँले राजीनामा दिनु भएको छ, तर राजीनामाको कारणबारे केही खुलाउनु भएको छैन्।” रस एएफसी एसियन कप छनोटको तेस्रो चरण अघि प्रशिक्षकका रूपमा नियुक्त भएका थिए। एन्फाले अब नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको राईले जानकारी दिए।
बिज्ञापन
रसको नेतृत्वमा नेपालले ७ अन्तर्राष्ट्रिय खेल खेलेको थियो — जसमा १ जित, २ बराबरी र ४ हारको नतिजा आएको छ। उनको प्रशिक्षणमा नेपालले पहिलो खेलमै सिंगापुरलाई हराएको थियो, तर त्यसपछि टोली लगातार जितविहीन रहँदै आएको छ।
एन्फाले निकट भविष्यमै नयाँ मुख्य प्रशिक्षकको खोजी सुरु गर्ने जनाएको छ।








