बिज्ञापन
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले कपिलकुमार दाहाललाई सीईओमा नियुक्त गरेको हो।
बिज्ञापन
दाहाल यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) का रूपमा कार्यरत थिए। उनी आज (कात्तिक १३ गते) देखि औपचारिक रूपमा सीईओका रूपमा जिम्मेवारी सम्हाल्ने छन्।
यसअघि कम्पनीका सीईओ मनोजकुमार लाल ले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका थिए। सोही दिन सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो।
बिज्ञापन
कपिलकुमार दाहाललाई बीमा क्षेत्रको अनुभवी र दक्ष व्यवस्थापक मानिन्छ। उनले कम्पनीमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन्।
हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ नेतृत्वको आगमनसँगै कम्पनीको सेवा विस्तार र कार्यक्षमता अभिवृद्धि गर्ने योजनामा जोड दिने जनाएको छ।







