काठमाडौंस्थित कपन, पानीपोखरी, सुन्दरीजल, बूढानीलकण्ठ, बबरमहल र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
बिज्ञापन
जल तथा मौसम विज्ञान विभागले पछिल्लो एक घण्टामा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
बिज्ञापन
विभागले वाग्मती धोबीखोला, विष्णुमती नदीमा भाव बढ्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा भोलि बिहानसम्मै सतर्क रहन आग्रह गरेको छ । विभागले नदी आसपास क्षेत्रबाट यात्रा गर्दा पनि सतर्कता अपनाउन भनेको छ ।








