नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली तयारी पोशाक उद्योगले हजारौँलाई रोजगारी दिएको भन्दै यसको प्रशंसा गरेका छन्। नेपाल तयारी पोशाक उद्योग संघको ३०औँ वार्षिक साधारणसभामा बोल्दै उनले यो उद्योगले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
बिज्ञापन
मन्त्री भण्डारीले स्वदेशी उत्पादन, स्थानीय सीपको विकास, गुणस्तरीय उत्पादन, ब्रान्ड निर्माण र निर्यात विस्तारका लागि सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।
बिज्ञापन
कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्दा अर्थतन्त्र बलियो हुने बताए भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले सरकारले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।
संघका अध्यक्ष पशुपति देव पाण्डेले तयारी पोशाक उद्योगले पुनः लय समातिरहेको भन्दै हालको १० अर्ब रुपैयाँको निर्यातलाई आगामी वर्ष ३० अर्बमा पुर्याउन सरकारले प्राथमिकता दिनुपर्ने माग गरे।








