होमपेज > हिमालयन एभरेष्ट इन्स्योरेन्सले शुरु गर्‍यो जेनजी आन्दोलनमा क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी

हिमालयन एभरेष्ट इन्स्योरेन्सले शुरु गर्‍यो जेनजी आन्दोलनमा क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गरेको छ।

बिज्ञापन

कम्पनीका अनुसार हालसम्म दाबी परेका २८७ मध्ये २४५ वटा दाबी बापत कुल २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरिएको छ। यी रकमहरू अग्रिम र अन्तिम दुवै किसिमका दाबीहरूका लागि प्रदान गरिएको कम्पनीले जनाएको छ।

दाबी विभागका प्रमुख रोजराज लुइँटेलका अनुसार कम्पनीले नियामकीय प्रावधानभित्र रही बीमित ग्राहकलाई सहज र शीघ्र सेवा दिने उद्देश्यका साथ भुक्तानी प्रक्रिया अघि बढाएको हो। उनका अनुसार बाँकी दाबीहरू पनि प्राथमिकताका साथ असोज २१ गते (मंगलबार) देखि पुनः यथावत रूपमा निबटान गरिँदैछ।

बिज्ञापन

हिमालयन एभरेष्टले विषम परिस्थितिमा बीमित ग्राहकलाई आर्थिक राहत र संरक्षण सुनिश्चित गर्न दाबी भुक्तानीलाई प्राथमिकता दिएको जनाएको छ। कम्पनीले बीमा गराएका र अझै क्षतिपूर्तिको दाबी बाँकी रहेका ग्राहकहरूलाई आवश्यक कागजातसहित नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति कम्पनीले श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते