होमपेज > रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते

रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

रुपन्देहीको कन्चन गाउँपालिका५ फायरलाइनस्थित भित्री सडक खण्डमा भएको भीषण सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार वाग्मती प्रदेश ०१००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ जाँदै गर्दा गएराति करिब साढे १० बजे अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो।

बिज्ञापन

दुर्घटनामा सवार सातजनामध्ये तीनजनाको घटनास्थलमै मृत्यु भएको र चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सैनामैना८ बासगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका५ का ४३ वर्षीय जीतेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेको पुष्टि गरिएको छ।

घाइतेहरुलाई तत्कालै उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको र आवश्यक उपचारका लागि थप अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते