होमपेज > एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
एआई प्लस

एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध

एआई प्लसले नेपाली बजारका लागि सिजी लाई आफ्नो आधिकारिक वितरक नियुक्त गर्दै

बिज्ञापन
बिज्ञापन

नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएपछि एआई प्लसले आफ्नो विस्तारको दायरा नेपालसम्म ल्याएको हो ।

बिज्ञापन

एआई प्लसले नेपाली बजारका लागि सिजी लाई आफ्नो आधिकारिक वितरक नियुक्त गर्दै नेपाली बजारमा सशक्त उपस्थितिको घोषणा गरेको छ । नेपाली उपभोक्तालाई इन्टेलिजेन्ट र भ्यालु–ड्रिभन स्मार्टफोन उपलब्ध गराउने साझा उद्देश्यका कारण यो सहकार्य सम्भव भएको बताइएको छ ।

बिज्ञापन

एआई प्लसका संस्थापक माधव सेठका अनुसार, “एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो । त्यसैले, एआई प्लसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन् ।”

त्यस्तै, सिजी मोबाइल्सका बिजनेस हेड विनय जोशी भन्छन्, “हाम्रो उद्देश्य सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्‍याउनु हो । बजारमा स्मार्टफोनका धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो ।”
चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्स, कन्ज्युमर इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गतको मोबाइल व्यवसायिक इकाइ हो । यसले नेपाली बजारमा विश्वभरका लोकप्रिय मोबाइल ब्रान्डहरूको आयात तथा बिक्री–वितरण गर्दै आएको छ ।

बिज्ञापन

अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्टफोन बिक्री गर्दा बिक्रीपश्चातको उत्कृष्ट सेवा र प्रतिस्पर्धी मूल्यमा जोड दिँदै आएको सिजी मोबाइल्सका कारण, यस समूहअन्तर्गतका स्मार्टफोनहरू नेपाली बजारमा राम्रो स्थान बनाउन सफल भएका छन् । अब सोही शृङ्खलामा एआई प्लस पनि नवीनतम स्मार्टफोन ब्रान्डको रूपमा नेपाली बजारमा प्रवेश गरेको छ ।

एआई प्लसले पहिलो चरणमा नेपाली बजारमा दुई मोडेलका चार भेरियन्ट सार्वजनिक गरेको छ — एआई प्लस पल्स र एआई प्लस नोभा, यी मोडेलहरूमा ४ जिवी, ६ जिवी, र ८ जिवी र्याम भएका विकल्पहरू उपलब्ध छन् ।

एआई प्लसले नेपालमा हालकै अवस्थामा सबैभन्दा किफायती फाईभ जी स्मार्टफोनका रूपमा एआई प्लस नोभा फाईभ जी प्रस्तुत गरेको छ, जसको मूल्य रु. १३,९९९ निर्धारण गरिएको छ । साथै, ४ जिवी र्याम र ६४ जिवी स्टोरेज भेरियन्टको एआई प्लस नोभा स्मार्टफोन रु. ९,००० भन्दा कम मूल्यमा बजारमा उपलब्ध गराईएको छ ।

हाल एआई प्लस स्मार्टफोनहरू नेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध भइसकेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते