होमपेज > इन्द्रजात्रामा रथ तान्नेहरूलाई पहिलोपटक दुर्घटना बीमा सुविधा

इन्द्रजात्रामा रथ तान्नेहरूलाई पहिलोपटक दुर्घटना बीमा सुविधा

बिज्ञापन
बिज्ञापन

यस वर्षको इन्द्रजात्रा पर्वमा रथ तान्ने लगायत विभिन्न भूमिकामा संलग्न हुने व्यक्तिहरूलाई पहिलोपटक दुर्घटना बीमा सुविधा प्रदान गरिने भएको छ। गुठी संस्थानले बीमा व्यवस्था लागू गर्दै बीमाको दायरा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म कायम गरिएको जनाएको छ।

बिज्ञापन

गुठी संस्थानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पर्वमा खटिने करिब १०० जना सहभागीलाई बीमा सुविधा दिइने जानकारी दिइएको हो। संस्थानका कार्यकारी प्रमुख शैलेशराज कुवरका अनुसार, देशका प्रमुख सांस्कृतिक पर्वमध्ये पर्नेको रूपमा चिनिने इन्द्रजात्रामा हनुमानढोका क्षेत्र वरपरका मानन्धर समुदायसहित करिब ८०० जना सहभागी हुने गर्छन्।

बिज्ञापन

यो वर्षको इन्द्रजात्रा भदौ ९ गते लिङ्गो काटेसँगै सुरु भइसकेको छ भने भदौ २६ गते राति १०:३० बजे इन्द्रध्वज पतनसँगै सम्पन्न हुनेछ। जात्रा सफल बनाउन गुठी संस्थानले खर्च व्यवस्थापन, जनशक्ति परिचालन र आवश्यक समन्वयको जिम्मा लिएको छ। यस कार्यमा हनुमानढोका दरबार कार्यालय, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणलगायतका निकायहरू संलग्न छन्।

कार्यक्रम तालिका अनुसार, भदौ १५ गते लिङ्गो हनुमानढोकामा पुर्‍याइनेछ भने भदौ १९ गते ध्वजापताका सहितको लिङ्गो उठाइ औपचारिक रूपमा इन्द्रजात्रा सुरु हुनेछ। त्यसपछि भदौ २१ देखि २६ गतेसम्म कुमारी, गणेश र भैरवको रथयात्रा गरिने कार्यक्रम छ।

बिज्ञापन

जात्रा अवधिभर हुने अन्य प्रमुख गतिविधिमा आकाश भैरवको पूजा, महाकाली नाच, एरावत नाच, दशावतार नाटक, दहचोकको मेला, तथा स्वेत भैरवको मुखबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहनेछ। साथै, इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन गरिनेछ र नेवार समुदायले पाहुनापासालाई परम्परागत ‘समय बजि’ खुवाउने चलन पनि निरन्तरता दिइनेछ।

जात्राको अन्तिम दिन हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुखले जात्राको अवलोकन गर्ने परम्परा रहेको छ, जुन मल्लकालीन राजा जयप्रकाश मल्लको पालादेखि चल्दै आएको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते