होमपेज > जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो

बिज्ञापन
बिज्ञापन

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकम करिब रु. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। असोज २२ गतेसम्मको तथ्याङ्कअनुसार देशभरका निर्जीवन बिमा कम्पनीहरूमा जम्मा ३ हजार ९९ वटा बिमा दाबी दर्ता भएका छन्।

बिज्ञापन

बिमा प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीहरूमा यस अवधिसम्म यति ठूलो परिमाणको दाबी रकम पुगेको हो। प्राप्त दाबी रकममध्ये हालसम्म रु. १ अर्ब २९ करोड १९ लाख बराबरको भुक्तानी गरिएको छ, जसमा अग्रिम भुक्तानीसमेत समावेश छ।

बिज्ञापन

यस्तै, क्षतिको विस्तृत मूल्याङ्कनका लागि बिमा कम्पनीहरूले हालसम्म २ हजार ७०६ जना सर्भेयर खटाएका छन्। तीमध्ये ३७४ सर्भे प्रतिवेदन बिमा कम्पनीहरूमा पेस भइसकेका छन्। बिमा प्राधिकरणका अनुसार बाँकी दाबीहरूको मूल्याङ्कन र भुक्तानी प्रक्रिया क्रमशः अगाडि बढाइँदैछ। आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ मूल्याङ्कन पछि कुल भुक्तानी रकम अझै बढ्ने अनुमान गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते