बिज्ञापन
श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बुधबार बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
बिज्ञापन
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आइपिओ निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डका अनुसार सो आइपिओमा १८ लाख ९८ हजार ३३३ जनाले करिब २ करोड ५ लाख ६८ हजार २१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएका छन् भने २६ हजार ६३६ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा (लटरी) प्रणालीमार्फत बाँडफाँट गरिएको हो। बाँडफाँट अनुसार २ लाख ५१ हजार ४९ जना लगानीकर्ताले जनही १० कित्ताका दरले कम्पनीका सेयर प्राप्त गरेका छन्। त्यस्तै, बाँकी ३ कित्ता सेयर मध्ये ३ जनाले थप १–१ कित्ता पाउँदा ती लगानीकर्ताको कुल सेयर संख्या ११ कित्ता पुगेको छ।








