पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् ।
बिज्ञापन
जियो न्युजले मोटरवे पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ । उद्धार अधिकारीहरूका अनुसार पीडितहरू बहावलपुर, वेहारी, शराकपुर र इस्लामाबादका थिए ।
बिज्ञापन
तीन महिलासहित छ जनालाई बेनजीर भुट्टो अस्पतालमा सारिएको र एक घाइतेलाई इस्लामाबाद र जिल्ला मुख्यालय अस्पतालमा सारिएको उद्धार अधिकारीहरूले बताएका छन् ।








