होमपेज > सिटिजन लाइफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका गतिविधिहरू गर्दै सम्पन्न गरेको छ। जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याउने उद्देश्यले स्थापना भएको कम्पनी नवौँ वर्षमा प्रवेश गरेको हो।

बिज्ञापन

कम्पनीले देशभरका शाखा कार्यालयहरूमा ‘विविधता र समावेशीकरण दिवस’लाई वार्षिकोत्सवको मुख्य विषयवस्तु बनाउँदै सांस्कृतिक पहिचान झल्काउने भेषभूषा तथा परम्पराको प्रस्तुति गरेर कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेको जनाएको छ। यस कार्यक्रमले सिटिजन परिवारभित्रको सहअस्तित्व र सांस्कृतिक समृद्धिमा थप योगदान गरेको कम्पनीको भनाइ छ।

१६ स्थानमा रक्तदानदेखि ३५० बिरुवा रोपणसम्म

बिज्ञापन

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै कम्पनीले वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न स्थानमा निम्न कार्यक्रमहरू सम्पन्न गरेको छः

१६ स्थानमा रक्तदान कार्यक्रम
६ स्थानमा बीमा सचेतना र्याली र घरघरमा जानकारी अभियान
३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण
११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण
१ स्थानमा निःशुल्क स्वास्थ्य शिविर
१० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण
७ स्थानमा ३५० बिरुवा रोपण

‘समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर’

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले वार्षिकोत्सवलाई समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसरको रूपमा व्याख्या गर्दै भने, “हामी विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ।”

उनी अनुसार सिटिजन लाइफले आठ वर्षको यात्रामा ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आधार मानी बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाएको छ।

आगामी प्रतिबद्धता

कम्पनीले आगामी दिनहरूमा बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र समावेशी विकासका क्षेत्रमा थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, सेवालाई समयानुकूल परिमार्जन गर्दै संस्थागत सुशासन, कानुनी पालना र व्यावसायिक उत्कृष्टता हासिल गर्न प्रयत्नशील रहने पनि जनाएको छ।

सिटिजन लाइफले यस अवसरमा ग्राहक, व्यवसायिक साझेदार, सञ्चारकर्मी, सेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, नियमनकारी निकाय, र कर्मचारीहरू प्रति कृतज्ञता प्रकट गरेको छ। साथै, दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूका सुस्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको शुभकामना समेत व्यक्त गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते