होमपेज > युनिलिभर नेपालद्वारा बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग

युनिलिभर नेपालद्वारा बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग

बिज्ञापन
बिज्ञापन

युनिलिभर नेपालले बाढीपहिरो पीडितहरुका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

बिज्ञापन

युनिलिभर नेपालका प्रबन्ध निर्देशक र सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार, रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेका छन्। युनिलिभर नेपालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री पनि उपलब्ध गराएको छ।

बिज्ञापन

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

बिज्ञापन