होमपेज > नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो

नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो

बिज्ञापन
बिज्ञापन

लगातार तीन दिनदेखि उकालो लाग्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य करेक्सनसहित ओरालो लागेको छ। बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि सूचकमा हल्का गिरावट आएको हो।

बिज्ञापन

बुधबारको कारोबारमा नेप्से परिसूचक ५.१७ अंकले घटेर २,५६६.१६ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५६ अंक, फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४६ अंकले कम भएका छन्। सूचक घटेपनि कारोबार रकम भने अघिल्ला दिनको तुलनामा बढेको छ। यस दिन ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारमार्फत ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ। मंगलबारको कारोबार मूल्य ४ अर्ब ५७ करोड रुपैयाँ थियो।

बिज्ञापन

बजारमा बुधबार दुई कम्पनीका शेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड को शेयर मूल्य करिब १० प्रतिशतले बढ्दा हिमालयन पावर पार्टनर लिमिटेड को शेयर ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ। यता, ज्योति विकास बैंक बण्ड २०८७ भने ५.६६ प्रतिशतले घट्दै सर्वाधिक मूल्य घट्ने स्टकमध्ये पर्‍यो।

१३ वटा उपसमूहमध्ये बुधबार ४ उपसमूहको परिसूचक बढेको र ९ उपसमूह घटेको देखिएको छ। होटल तथा पर्यटन उपसमूह २.१५ प्रतिशतले बढ्दै अग्रस्थानमा रह्यो भने व्यापार उपसमूह पनि २ प्रतिशतले उक्लियो। अन्य उपसमूहहरू भने औसतमा १.२० प्रतिशतले घट्दै कमजोर प्रदर्शनमा देखिए। विश्लेषकहरूको भनाइमा, बजारमा देखिएको यो सामान्य करेक्सन नाफा सुरक्षित गर्ने स्वाभाविक प्रवृत्ति हो र यसले आगामी कारोबारमा बजारको दिशा निर्धारण गर्ने संकेत दिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते