उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
बिज्ञापन
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए। लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। ‘हेलिकप्टरबाट काठमाडौं पठाइएको छ,’ कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए।
बिज्ञापन
पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको उनले जानकारी दिए। उनका अनुसार अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको हो।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो।
बिज्ञापन
-थप पढ्नुहोस्:








