बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाइफको मुख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ को अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उदघाटन गर्ने भएका छन्।
बिज्ञापन
यही पुस २५ गतै काठमाडौंको मेरियट होटलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने भएका हुन्। पुस २५ गते साढे १२ बजेदेखि हुने डिस्कोर्शमा कूल चारवटा सत्र हुनेछन्। जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धीत सत्र हुनेछन्। ती सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधहरुको सहभागिता तथा विभिन्न बीमा विज्ञहरुको समेत उपस्थिती रहनेछ। यसैगरी, भारतबाट दुईजना बीमा विज्ञ समेत डिस्कोर्शमा आउनेछन्। देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामिण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ।
बिज्ञापन
यसअघि बैंकिङ्ग समाचारको आयोजनामा २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो। डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल भएको थियो। यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावी दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा वृहत् छलफल भएको थियो।
डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनका रुपमा तयार पार्दै आयोजक बैंकिङ्ग समाचारले अर्थ मन्त्रालय र बीमा प्राधिकरणमा बुझाएको थियो। कार्यक्रम आयोजना गरेर दस्ताबेजकारुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावी दिनमा नीति निर्माण र व्यवसायको दिगो प्रबद्र्धन तथा विकासमा महत्वपूर्ण सहयोग पुग्ने सम्बन्धीत निकायले बताएको थियो।







