होमपेज > शेरबहादुर देउवा दम्पत्ति सिंगापुर जाँदै

शेरबहादुर देउवा दम्पत्ति सिंगापुर जाँदै

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सोमबार सिंगापुर जाने भएका छन्। उनीहरू आज राति ९ बजे उपचारका लागि त्यहाँ प्रस्थान गर्ने तयारीमा छन्।

बिज्ञापन

यसअघि पनि विदेश उपचारका लागि जाने तयारी गरिएको थियो, तर विभिन्न कारणले सम्भव हुन सकेको थिएन। तर अहिले टिकट काटिसकिएको र यात्रा सुनिश्चित भएको जानकारी प्राप्त भएको छ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा सभापति देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो। तत्काल सुरक्षाकर्मीले उद्धार गरेर अस्पताल पुर्याएका थिए। ती घटनापछि उनीहरु लामो समय अस्पतालमै बसेका थिए। लामो स्वास्थ्य जाँच र विश्रामपछि गत असोज २८ गते मात्रै सार्वजनिक रूपमा देखिएका थिए।

बिज्ञापन

विशेषज्ञहरूले उपचारका लागि विदेश जानु आवश्यक रहेको बताएका छन्। राजनीतिक परिवेश र आन्दोलनपछिको तनावका कारण देउवा दम्पत्तिको सुरक्षा र स्वास्थ्य अझ संवेदनशील रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते