होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् तपाईंको राशिफल!

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् तपाईंको राशिफल!

बिज्ञापन
बिज्ञापन

मेष
कार्यक्षेत्रमा मेहनतको उचित परिणाम मिल्नेछ। लगनशीलताले शत्रुहरू आफैं पन्सिनेछन्। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

बिज्ञापन

मिथुन
जीवनसाथीसंग मनमुटाव रहला। ठेकापट्टाको कार्यबाट लाभआर्जन गर्न सकिएला। पूजा आराधना वा देवालयमा समय बित्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेदारी व नयाँ कार्य मिल्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

बिज्ञापन

सिंह
कार्यक्षेत्रमा अधिकारी वर्गहरूसँग वैचारिक मतभेद हुने सम्भावना छ। घरको सजावटमा धन खर्च हुन सक्छ। आफन्तहरूको साथ पाइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

तुला
कृषि वा पशुपालनबाट राम्रो आयआर्जन हुनेछ। प्रतिष्ठित कार्यसम्पादन गर्ने अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

बिज्ञापन

धनु
कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। पुराना बिछोडिएका इष्टमित्रहरूसँग भेटघाट हुनेछ। व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति उत्पन्न हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
मेहनतको प्रतिफल सोचेजस्तो नमिल्ला। अहिले गरेको त्यागले भविष्य उज्वल हुनेछ। तारिफ योग्य कार्य सम्पादन गर्न सकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

बृष
विद्यार्थी वर्गहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। मन मिल्दो व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। धार्मिक समारोहमा सम्मिलित भइएला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
सामाजिक वा सामूहिक कार्यमा मान्यजनसँगको भेटघाटले मन उत्साहित रहनेछ। जग्गा जमिनबाट लाभआर्जन गर्न सकिएला। कार्यक्षेत्रमा स्त्रीवर्गबाट विशेष सहयोग मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या
आफन्तहरूबाट शुभ सूचना मिल्नाले मन प्रसन्न रहनेछ। रचनात्मक कार्यतर्फ मन जानेछ। आफ्नो व्यक्तित्वले अरुलाई आकर्षण गर्न सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
पहिलाका कमीकमजोरीलाई सुधार्ने मौका मिल्नेछ। मेहनतले सम्मानित स्थान प्राप्त हुनेछ। आम्दानी बढ्नुको साथै दिगो फाइदा हुने कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर
वैदेशिक क्षेत्र लाभदायक रहनेछ। उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन
अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते