होमपेज > एवोन ईभी खरिद गर्दा ८ लाख सम्म छुट

एवोन ईभी खरिद गर्दा ८ लाख सम्म छुट

बिज्ञापन
बिज्ञापन

नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले एवोन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले “The Extraordinary Offer” नामक विशेष प्रोमोशनल अफर सार्वजनिक गरेको छ।

बिज्ञापन

सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले एवोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीहरूलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फको एवोनको दृष्टिकोणलाई सुदृढ गर्नु हो। मूल्य छुटको अतिरिक्त ग्राहकहरूले अन्य थप सुविधा पनि प्राप्त गर्नेछन्।

बिज्ञापन

अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न, र ७ वर्षसम्मको लोन अवधि पाउनेछन्। साथै, प्रत्येक खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको सवारी कर र बीमा उपलब्ध हुनेछ।

साथसाथै, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेक्केर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिनेछ। एवोनका इलेक्ट्रिक गाडीहरू नेपालमा भविष्यमुखी डिजाइन र प्रविधिको प्रतीकका रूपमा स्थापित भइरहेको कम्पनीले बताएको छ । यो नयाँ अफरमार्फत सीजी मोटर्सले सवारी साधन मात्र नभएर, विद्युतीय यात्रासँग जोडिएको जीवनशैलीको सहजता पनि प्रदान गर्ने जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते