होमपेज > पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढ्यो, भटमास तेल प्रमुख निर्यात वस्तु

पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढ्यो, भटमास तेल प्रमुख निर्यात वस्तु

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म)मा नेपालको निर्यात उल्लेखनीय रूपमा बढेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष निर्यात ८९.६४ प्रतिशतले वृद्धि भएको हो।

बिज्ञापन

भटमास र सूर्यमुखी तेलको आयातनिर्यात नै यस अवधिको प्रमुख व्यापारिक गतिविधि बनेको छ। विभागका तथ्यांक अनुसार, तीन महिनाको अवधिमा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात गरिएको छ भने सोही अवधिमा ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँ बराबरको भटमासको तयारी तेल निर्यात गरिएको छ।

यस्तै, चार अर्ब ३३ करोड २८ लाख रुपैयाँ बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ। सोही अवधिमा दुई अर्ब १३ करोड ९५ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात गरिएको भन्सार विभागले जनाएको छ। यद्यपि निर्यात बढे पनि वैदेशिक व्यापारघाटा घटेको छैन। विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यापारघाटा १२ प्रतिशतले बढेको छ। सो अवधिमा कुल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ।

बिज्ञापन

जसमा चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँ बराबरको आयात र ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ। नेपालको निर्यात वृद्धिमा तेलजन्य उत्पादनको पुनःनिर्यातले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते