गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ। नेपाली युवायुवतीको जीवन भोगाइलाई गीतमा समेटिएको छ।
बिज्ञापन
देशमा रोजगारीको अभावमा विदेशिएका युवायुवतीबीचको पीडा र भोगाइलाई गीतमा समेटिएको छ। लामो समयदेखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत काशीराम सुनार अर्थात् काशी जेट्लीको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरिएको छ।
बिज्ञापन
विभिन्न दुःख पीडामा परेका नेपालीलाई उद्धार गर्दै आएका काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वदेशमा आएको मौकाको सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए। भिडियोमा दिनेश पराजुलीको छायांकन, दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन रहेको छ। गीतका नायिका केकी अधिकारी, काशीराम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ।
गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।
बिज्ञापन








