होमपेज > धनकुटामा कृषि र उद्यममा प्रविधिको क्रान्ति

धनकुटामा कृषि र उद्यममा प्रविधिको क्रान्ति

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

धनकुटा नगरपालिका९ का किसान छविप्रसाद रोइलाको जीवनमा प्रविधिको प्रयोगले नयाँ परिवर्तन ल्याएको छ। घरमै कम्बाइन मिल जडान गरेपछि अब उनले ढिकीजाँतो चलाउनुपर्ने बाध्यता हटेको छ। धान, मकै, कोदो जस्ता अन्न घरमै पिस्न पाउँदा समय र श्रम दुबै बचत भएको उनले बताए।

बिज्ञापन

यस्तै, स्थानीय किसान टेकबहादुर खत्रीले मिनीटिलर प्रयोग गर्न थालेपछि खेती सहज र द्रुत बनेको बताएका छन्। पहिलेको तुलनामा खेतीमा लाग्ने खर्च र समय घटेको र बचत भएको समय अन्य काममा प्रयोग गर्न पाएको उनको भनाइ छ।

पछिल्ला वर्षहरूमा धनकुटामा कृषि र साना उद्योग क्षेत्र दुवैमा प्रविधिको प्रयोगले ठूलो रूपान्तरण ल्याएको छ। पहिले हातको बलमा हुने खेती अहिले मेसिनको प्रयोगमा हुँदैछ। गाउँगाउँमा पुगेका टेम्पो र मिनीट्र्याक्टरहरूले बजारसम्म उत्पादन पुर्‍याउने चुनौती पनि घटाएका छन्।

बिज्ञापन

स्थानीय उद्यममा पनि प्रविधिको प्रयोगले दक्षता बढाएको छ। शक्ति डेरी उद्योगका सञ्चालक राजु घिमिरेका अनुसार, पहिले घ्यू, पनिर र छुर्पीको प्याकेजिङ हातले गर्नुपर्थ्यो, तर अहिले मेसिनबाट सजिलै सम्भव भएको छ। “कम जनशक्तिमा धेरै काम हुन थालेको छ,” घिमिरे भन्छन्।

ओम बिस्कुट उद्योगका सञ्चालक टीका कटुवालले पनि प्रविधिले उत्पादन प्रक्रियालाई सुरक्षित र सस्तो बनाएको बताए। “पहिले भट्टीमा बिस्कुट पकाउँदा बिग्रने डर रहन्थ्यो, अहिले मेसिन तापक्रम पुगेपछि आफैं बन्द हुन्छ,” उनले भने।

धनकुटा नगरपालिका र स्थानीय निकायहरूले पछिल्ला पाँच वर्षमा प्रविधिको पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन्। नगरपालिकाका अनुसार, हालसम्म ३२० मिनीटिलर, ५२ च्यापकटर, १३ कम्बाइन मिल र ११ प्रकारका उद्योग प्रविधि वितरण गरिएका छन्।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार, “प्रविधिको प्रयोगले किसान र उद्यमीको जीवनस्तरमा सुधार आएको छ। खेतीपाती र उत्पादन दुवै क्षेत्रमा दक्षता र आयवृद्धि देखिएको छ।” समग्रमा हेर्दा, धनकुटामा प्रविधिले परम्परागत श्रमप्रधान खेती र उद्यमलाई आधुनिक स्वरूपमा रूपान्तरण गर्दै स्थानीय विकासको गतिलाई तीव्र बनाएको देखिन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते