होमपेज > स्टार्टअपलाई बीउ पूँजी, हिमालको पानी विश्वबजारमा ब्रान्डिङ

स्टार्टअपलाई बीउ पूँजी, हिमालको पानी विश्वबजारमा ब्रान्डिङ

बिज्ञापन
बिज्ञापन

‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोगकोे नीति सरकारले लिएको छ । आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई बीउ पूँजी उपलब्ध गराउने र नेपालमा उत्पादित केही वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना सार्वजनिक गरेको छ ।

बिज्ञापन

‘लगानीयोग्य पूँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गरिनेछ । रोजगारीका लागि व्यावसायिक तालिम उपलब्ध गराउने र सुरुआती व्यवसाय गर्न आवश्यक पर्ने बीउ पूँजी सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइनेछ’, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पुर्‍याइनेछ । यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहित व्यावसायिक उत्पादन र तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ ।’

बिज्ञापन

नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने तथा यो क्षेत्रमा काम गर्न चाहने युवाहरूको सीप तथा दक्षताको उपयोग गरी उद्यम व्यवसाय प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्नुपर्ने व्यवस्था सरकारको नीति तथा कार्यक्रममा राखिएको छ ।

कृषि र उच्च प्रविधिमा आधारित उद्योग विकास गर्न औद्योगिक वातावरण तयार पार्ने तथा औद्योगिक विकासलाई तीव्रता दिन आवश्यक नीतिगत र संस्थागत सुधार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विपन्न परिवारलाई लक्षित गरी वडा तहमा सहुलियतपूर्ण खाद्यान्न पसल सञ्चालन गर्ने सरकारको योजना छ ।

बिज्ञापन

लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग, सञ्चालन खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने जनाइएको छ । पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते