नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
बिज्ञापन
यस्तै, चाँदीको मूल्य भने घटेर प्रतितोला एक हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको हो ।








