होमपेज > भोटेकोसी पावर कम्पनी र स्थानीयबीच १० प्रतिशत सेयर स्वामित्वमा सहमति

भोटेकोसी पावर कम्पनी र स्थानीयबीच १० प्रतिशत सेयर स्वामित्वमा सहमति

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

भोटेकोसी पावर कम्पनी प्रालि र आयोजना प्रभावित स्थानीय समुदायबीच लामो समयदेखि जारी विवाद अन्त्य भएको छ। कम्पनी र स्थानीयबीच सेयर स्वामित्वको विषयमा सहमति भएपछि आजदेखि आयोजनाको विद्युत् उत्पादन पुनः सुरु भएको हो।

बिज्ञापन

सहमति अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय जनतालाई आफ्ना कुल सेयरमध्ये १० प्रतिशत हिस्सा उपलब्ध गराउनेछ। यसअघि कम्पनीले ६ प्रतिशत सेयर दिने प्रस्ताव गरेको थियो, तर नयाँ सहमतिअनुसार चार प्रतिशत थप गरी कुल १० प्रतिशत सेयर वितरण गरिने भएको हो।

अंकित मूल्य १०० रुपैयाँ कायम गरी स्थानीयलाई उक्त सेयर निष्कासन गर्ने तयारी सुरु भएको कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भोटेकोसी गाउँपालिकालाई रु. २ करोड ५० लाख रकम जम्मा गर्ने पनि सहमति भएको छ। उक्त रकम आयोजना प्रभावित स्थानीयको हितका लागि खर्च गरिने बताइएको छ।

बिज्ञापन

सहमति पत्रमा उल्लेख छ, “आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाको सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न कम्पनीले भोटेकोसी गाउँपालिकामा दुई करोड ५० लाख रुपैयाँ जम्मा गर्नेछ।”

यसबाहेक, कम्पनी र स्थानीय पक्षबीच भविष्यमा उत्पन्न हुन सक्ने समस्या समाधानका लागि सहकार्य गर्ने, आयोजना क्षेत्रका कर्मचारीहरूको सुरक्षा र शान्तिपूर्ण सञ्चालन सुनिश्चित गर्ने सहमति पनि भएको छ।

सहमति पश्चात्, स्थानीयले भदौ २५ गतेदेखि रोकेको आयोजनाको विद्युत् उत्पादन पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते