होमपेज > भित्रियो एक महिनामै ३९ करोडको सारी

भित्रियो एक महिनामै ३९ करोडको सारी

बिज्ञापन
बिज्ञापन

गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा १२ करोड रुपैयाँ बढीको सारी आयात भएको भन्सार विभागको तथ्यांक छ । गएको साउनमा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी आयात भएको छ । गत आर्थिक वर्षको साउनमा २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी, लुंगी र धोती आयात भएको थियो ।

बिज्ञापन

नेपालमा सुती र मानवनिर्मित रेसाबाट बनेका सारी, लुंगी र धोती आयात हुने गरेको छ । यो वर्षको साउनमा ९ लाख २४ हजार ९ सय ५४ थान सारी, लुंगी र धोती आयात गरिएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी सारी भारतबाट आयात भएको छ । भारतबाट ३९ करोड १६ लाख २४ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार १४५ थान सारी, लुंगी र धोती आयात भएको छ । चीनबाट ४१ लाख ११ हजार रुपैयाँको सारी लुंगी र धोती आयात भएको छ । इन्डोनेसिया, बेलायत र अमेरिकाबाट पनि सारी, लुंगी र धोती आयात भएको छ ।

बिज्ञापन

गत आर्थिक वर्षमा ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ बराबरको सारी, लुंगी र धोती आयात भएको थियो । गत वर्ष भारत, चीन, इन्डोनेसिया, अमेरिका, बेलायत लगायत विभिन्न मुलुकबाट सारी आएको थियो । भारतबाट मात्रै ३ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ बराबरको ७८ लाख ६३ हजार ७९ थान सारी आएको थियो । चीनबाट भने ३ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको सारी आयात भएको विभागले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते