होमपेज > जलविद्युत् संकट : ऊर्जामन्त्रीसामु इप्पानले राख्यो ७ माग

जलविद्युत् संकट : ऊर्जामन्त्रीसामु इप्पानले राख्यो ७ माग

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका आयोजना पुनर्निर्माणको लागि सरकार विशेष राहत प्याकेजसहितको नीति ल्याउनुपर्ने बताए।

बिज्ञापन

उनले २०८० को जेठ ३२, असार १, २०८१ असार, साउन, असोज ११/१२, २०८२ को असार/साउन र हालैको असोज १७१९ गतेसम्मको बाढीका कारण क्षति पुगेका आयोजना पुनः सञ्चालनमा ल्याउन ठोस राहत नीति आवश्यक रहेको उल्लेख गरे।

इप्पानले राखेका मुख्य मागहरू यसप्रकार छन्:

बिज्ञापन

१. बाढी प्रभावित आयोजनाको पुनः निर्माण तथा मर्मत सम्भारको लागि आवश्यक मेसिनरी उपकरणहरू १ प्रतिशत भन्सार शुल्कमा आयातको व्यवस्था गर्नुपर्ने ।

२. बाढी बाट क्षति पुगेका निर्माणाधीन आयोजनाको आरसीओडी म्याद ३ वर्ष र अनुमति पत्रको अवधि ५ वर्ष थप गर्नुपर्ने ।

३. बाढी प्रभावित आयोजनाको कर्जा पुनर्तालिकीकरण र पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने ।

४. बाढी प्रभावित आयोजनाको रोकिएको आइपीओ र हकप्रद शेयर छिटो निष्कासनको व्यवस्था गर्नुपर्ने ।

५. प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त जलविद्युत् आयोजनालाई सङ्कटग्रस्त घोषणा गरी आवश्यक नीतिगत निर्णय गर्नुपर्ने ।

६. बाढी प्रभावित आयोजनालाई लङटम फाइनान्सिङको व्यवस्था गर्नुपर्ने ।

७. आर्थिक वर्ष २०८२/८३ २०८४/८५ भित्र विद्युत् उत्पादन नगरे स्वतः टेक एण्ड पे पीपीएमा परिणत हुने व्यवस्था खारेज हुनुपर्ने ।

ऊर्जामन्त्री घिसिङले इप्पानको मागलाई सकारात्मक रुपमा लिँदै बाढी प्रभावित आयोजनालाई सक्दो राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए। साथै, ऊर्जा आयोजनासँग जोडिएका वनसम्बन्धी समस्याहरू समाधानका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पनि उनले बताए।

हालैको असोज १७१९ गतेको भारी वर्षाले २० वटा जलविद्युत् आयोजना प्रभावित बनाएको छ। जसमध्ये १३५ मेगावाट क्षमताका १७ आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ आयोजना आंशिक प्रभावित छन्। यस्तै, ५२० मेगावाट क्षमताका १७ वटा निर्माणाधीन आयोजना बाढीबाट क्षतिग्रस्त भएका छन्।

इप्पानले यथाशीघ्र राहत प्याकेज लागू नगरे मुलुकको जलविद्युत् क्षेत्र थप संकटमा पर्ने चेतावनी दिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते