होमपेज > भारत र बंगलादेशमा साढे दुई महिनामै १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात

भारत र बंगलादेशमा साढे दुई महिनामै १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

चालू आर्थिक वर्ष २०८२/८३ को साढे दुई महिनामै नेपालले १५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ। साउनदेखि असोजको मध्यसम्म भारत र बंगलादेशमा यो परिमाणको विद्युत् बिक्री भएको हो।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, हाल भारत र बंगलादेशमा दैनिक झण्डै १,१६५ मेगावाट विद्युत् निर्यात भइरहेको छ।  अहिले भारतमा १,१२५ मेगावाट र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ,” उनले भने, ‘बंगलादेशमा भारतको प्रसारण प्रणालीमार्फत आपूर्ति भइरहेको हो।’

उनका अनुसार, भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को ‘डे अहेड’ र ‘रियल टाइम मार्केट’मार्फत प्रतिस्पर्धात्मक दरमा विद्युत् बिक्री भइरहेको छ। साथै, भारतसँगको द्विपक्षीय विद्युत् सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा पनि निर्यात भइरहेको छ।प्राधिकरणले भारतलाई आपूर्ति गरेको विद्युत् भारतीय रुपैयाँमा र बंगलादेशले खरिद गरेको विद्युत् अमेरिकी डलरमा भुक्तानी गरिरहेको जनाएको छ।

बिज्ञापन

ढल्केबरमुजफ्फरपुर लाइनमार्फत बढी निर्यात

नेपालबाट सबैभन्दा बढी विद्युत् ४०० केभी ढल्केबरमुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात भइरहेको छ। यस्तै, १३२ केभीका परवानीपुररक्सौल, कुशाहाकटैया र महेन्द्रनगरटनकपुर प्रसारण लाइनमार्फत पनि विद्युत् आपूर्ति भइरहेको छ।

विद्युत् प्राधिकरणका अनुसार, आइईएक्समार्फत प्रतिस्पर्धात्मक बिक्रीका साथै, भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन) लाई पनि मध्यकालीन सम्झौताअनुसार विद्युत् बिक्री भइरहेको छ।

निर्यात बढ्ने अनुमान

प्राधिकरणका अनुसार, चालू वर्षमा थप २०० मेगावाट क्षमताका आयोजनाहरूले विद्युत् निर्यातको अनुमति पाएका छन्। यसबाट विद्युत् निर्यातको परिमाण र आम्दानी दुबै बढ्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो। त्यो अवधिमा केही विद्युत् आयात गरे पनि साढे ४ अर्ब रुपैयाँ मुनाफा आर्जन भएको थियो।

बर्खामा निर्यात, सुख्खा याममा आयात

नेपालले बर्खायाममा खपत हुन नसकेको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। तर सुख्खा याममा जलविद्युत् उत्पादन घट्ने भएकाले भारतबाट विद्युत् आयात गरेर देशको माग र आपूर्ति सन्तुलनमा राखिने गरिएको छ।

दीर्घकालीन सम्भावना
विद्युत् उत्पादन वृद्धि र अन्तरदेशीय व्यापार विस्तारसँगै नेपाल विद्युत् व्यापारको क्षेत्रीय केन्द्र बन्ने सम्भावना रहेको विज्ञहरूले बताउँदै आएका छन्। पूर्वाधार विकास, उत्पादन क्षमताको वृद्धि र दीर्घकालीन नीति स्पष्ट भएमा यो क्षेत्र देशको आर्थिक मेरुदण्ड बन्न सक्ने आँकलन गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते