होमपेज > ९.६ मेगावाट क्षमताको दरमखोला जलविद्युत आयोजना सञ्चालनमा, विद्युत उत्पादन सुरु

९.६ मेगावाट क्षमताको दरमखोला जलविद्युत आयोजना सञ्चालनमा, विद्युत उत्पादन सुरु

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिका र गुल्मीको मुसीकोट नगरपालिकामा फैलिएको दरमखोला जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आएको छ। दरमखोला हाईड्रो इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना ९.६ मेगावाट विद्युत उत्पादन क्षमताको हो, जसले २०८२ साल असोज ३१ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।

बिज्ञापन

विद्युत उत्पादन सुरु भएसँगै कम्पनीले आयोजना सञ्चालनमा प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैलाई आभार प्रकट गरेको छ। कम्पनीले विशेष रूपमा बाग्लुङको गल्कोट नगरपालिका८, ९, ११, बडीगाड गाउँपालिका र गुल्मीको मुसीकोट नगरपालिकामा पर्ने अर्लाङ्कोट तथा वामी क्षेत्रका स्थानीय बासिन्दा, जग्गादाताहरू, समन्वय समिति, टोल विकास समिति, नेपाल विद्युत प्राधिकरण, धितोपत्र बोर्ड, नियामक निकायहरू, वित्तीय संस्था तथा अन्य सरोकारवालाहरूलाई धन्यवाद दिएको छ।

यस आयोजनाका परामर्शदाताहरू युनिट्स इन्जिनियरिङ कन्सल्टेन्ट, फिनम्यान सर्भिसेज र कंडेल एण्ड एसोसियट्स रहेको जानकारी दिइएको छ। कम्पनीले सर्वसाधारणका लागि ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ, जुन कुल जारी पूँजीको ३८.३३ प्रतिशत हो। बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब तीन करोड पाँच लाख रुपैयाँ पुगेको छ। कम्पनीले अब उक्त शेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने प्रक्रियामा रहेको छ।

बिज्ञापन

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आयोजना सञ्चालनलाई केवल संस्थागत उपलब्धि नभई स्थानीय समुदाय, सरोकारवालाहरू र लगानीकर्ताहरूको संयुक्त प्रयासको सफल परिणामका रूपमा लिएको बताएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते