होमपेज > लगातार दोस्रो पटक आइसिसी डिजिटन फ्यान इनगेजमेन्ट अवार्ड नेपाललाई

लगातार दोस्रो पटक आइसिसी डिजिटन फ्यान इनगेजमेन्ट अवार्ड नेपाललाई

बिज्ञापन
बिज्ञापन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाललाई सन् २०२४ को आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको छ।

बिज्ञापन

नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको हो। एसिया क्षेत्रको विजेता भएर नेपाल ग्लोबल छनोटमा परेको थियो। छेत्रीय विजेताको रूपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।

बिज्ञापन

यो अवार्ड सिंगापुरमा भएको आइसिसीको वार्षिक साधारण सभामा आइसिसी अध्यक्ष जय शाहले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई प्रदान गरेका थिए। आइसिसीले इन्टरनेटमा नेपाली क्रिकेट समर्थकको बाक्लो उपस्थितिको सधैं प्रशंसा गर्दै आएको छ।

यस्तै भौतिक रुपमा पनि नेपाली क्रिकेट टोलीले खेलेका हरेक खेलमा नेपाली समर्थकको उपस्थिति बलियो हुने गरेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते