होमपेज > भारत र चीनसँग पहिलो त्रैमासमै तीन खर्ब बढीको व्यापार घाटा, समग्र घाटा १२ प्रतिशतले बढ्यो

भारत र चीनसँग पहिलो त्रैमासमै तीन खर्ब बढीको व्यापार घाटा, समग्र घाटा १२ प्रतिशतले बढ्यो

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनअसोज) मा नेपालले भारत र चीनसँग मात्र तीन खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातभन्दा आयात अत्यधिक बढेकाले दुई छिमेकी देशसँगको व्यापार घाटा झन् गहिरिएको हो।

बिज्ञापन

विभागका अनुसार नेपालले पहिलो त्रैमासमा भारतबाट २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ भने भारतमा ५९ अर्ब १२ करोड रुपैयाँबराबरको मात्र वस्तु निर्यात गरेको छ। यसले गर्दा नेपालले भारतसँग मात्र १ खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ।

त्यस्तै, उत्तरी छिमेकी चीनसँग पहिलो त्रैमासमा १ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात भएको छ भने निर्यात भने १८ करोड ६४ लाख रुपैयाँको मात्रै भएको छ। यस आधारमा नेपालले चीनसँग १ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढीको घाटा व्यहोरेको विभागले जनाएको छ।

बिज्ञापन

भारतपछि सबैभन्दा बढी व्यापार घाटा रहेको मुलुक चीन हो। यस्तै नेपालले अफगानिस्तान, अर्जेन्टिना, अस्ट्रेलिया, बंगलादेश, अमेरिका लगायतका मुलुकहरूसँग पनि व्यापार घाटा व्यहोरेको छ। नेपालले हाल १४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामास लगायतका केही देशहरूसँग भने व्यापार नाफामा रहेको विभागको तथ्यांकले देखाउँछ।

यससँगै, समग्र वैदेशिक व्यापार घाटा पनि उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२.१८ प्रतिशतले वृद्धि भई ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ थियो।

उक्त अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले वृद्धि भएको हो। निर्यात भने ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँभन्दा ८९.६४ प्रतिशतले वृद्धि भएको छ।

कुल वैदेशिक व्यापार २६.०४ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ। यद्यपि, निर्यात वृद्धिदर उत्साहजनक भए पनि आयातको परिमाण अत्यधिक रहँदा व्यापार घाटा अझै उच्च स्तरमा छ। भन्सार विभागका अनुसार आयातनिर्यात अनुपातमा भने केही सुधार देखिएको छ। अघिल्लो वर्ष १०.१८ गुणा रहेको यो अनुपात चालु आवमा घटेर ६.४३ गुणामा पुगेको छ।

आर्थिक विश्लेषकहरूका अनुसार निर्यात वृद्धिले सकारात्मक सन्देश दिए पनि आयात नियन्त्रणमा नआए दीर्घकालीन व्यापार सन्तुलनमा सुधार चुनौतीपूर्ण रहनेछ। उनीहरूले उत्पादनमुखी उद्योग प्रवर्द्धन, निर्यात विविधीकरण र नीतिगत सुधारलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते