होमपेज > आगलागीबाट जुम्लामा ८० वर्षीय वृद्धको मृत्यु

आगलागीबाट जुम्लामा ८० वर्षीय वृद्धको मृत्यु

बिज्ञापन
बिज्ञापन

आगलागीबाट एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले लागेको हो भन्नेबारे हालसम्म एकीन जानकारी प्राप्त भइसकेको छैन।

बिज्ञापन

१३ गते दिउसो करिब दुई बजेतिर लागेको उक्त आगो निभाउने क्रममा ८० वर्षीय स्थानीय भद्द रावलको दुखद निधन भएको सिंजा गाउँपालिकाका पूर्व अध्यक्ष देवलसिंह रावलले जानकारी दिए। आगो स्याउ बगैंचाबाट सुरु भई जंगल सम्म फैलिएको थियो।

आगो नियन्त्रणमा लिनका लागि पूर्व गाउँपालिका अध्यक्ष रावलसहित स्थानीय बासिन्दाले भरमग्दुर प्रयास गरे पनि नियन्त्रण गर्न कठिनाइ भएको जनाइएको छ। सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले आगो नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयसँग समन्वय भई जुम्लाबाट टोली पठाइएको जानकारी दिए।

बिज्ञापन

उनले आगो निभाउन सबै स्थानीय बासिन्दालाई सहयोग गर्न अपिल गरेका छन्। अहिले आगो निहिन्त्रण भन्दा बाहिर रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते