नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत National Best Presented Annual Report Award 2024 का लागि Gold Award सम्मान पाएको छ ।
बिज्ञापन
इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल र्याडिसनमा आयोजित समारोहमा कम्पनीलाई Gold Award ले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायज्यूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गर्नु भएको हो ।







