होमपेज > चिकित्सकहरूले गरे आज ‘पेन डाउन’ गर्दै विरोध प्रदर्शन

चिकित्सकहरूले गरे आज ‘पेन डाउन’ गर्दै विरोध प्रदर्शन

बिज्ञापन
बिज्ञापन

आन्दोलनरत आवासीय चिकित्सकहरूले आज पेन डाउन गर्दै विरोध प्रदर्शन गरेका छन्। सरकारी सरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा पेन डाउन गरेका हुन्। साथै आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन समेत गरेका छन्।

बिज्ञापन

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’ मार्फत आवासीय चिकित्सकहरू आन्दोलन गर्दै आएका छन्। उनीहरूले माइतीघर मण्डलामा समेत प्रदर्शन गर्दै आएका छन्। आज दिउँसो १ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने सङ्घर्ष समितिका प्रवक्ता डा.सञ्जय बरालले जानकारी दिए।

बिज्ञापन

सङ्घर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन्। उनीहरूले सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन्।

आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मिलेर तीन बुँदे निर्णय गरेका थिए। जसमा आवासीय चिकित्सकको पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले मासिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए। आवासीय चिकित्सकहरूले दुई मन्त्रीको उक्त निर्णयको विरोध जनाउँदै आएका हुन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते