देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म।३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ।
बिज्ञापन
दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लमजुङ, दोर्दी गाउँपालिका-६ ताजेगाउँस्थित सडकमा बा.२ क ३२६७ नम्बरको जेसीबी पल्टिएर बिहीबार बेलुकी दुर्घटना हुँदा जेसीबीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय उमर जंग घलेको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँके, कोहलपुर नगरपालिका-२ बर्दहवास्थित सडकमा भे.१२ प ४२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २० वर्षीय अनुप भन्ने जयप्रकाश चौधरीको मृत्यु भएको छ।
बिज्ञापन
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।








