होमपेज > प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला सुरू

प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला सुरू

बिज्ञापन
बिज्ञापन

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुरू भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित सञ्चयकोष अगाडि सडकमा खाना तथा हस्तकला मेला सुरू भएको हो ।

बिज्ञापन

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गरिएको बताए । बिहान १० बजेदेखि सुरु भएको मेला राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी स्टल राखिएका छन् ।

बिज्ञापन

मेलामा नेपाली हस्तकलाका सामग्री, नेचुरल फाइवरबाट बनेका सामग्री, गार्मेन्ट, कटन, शिल्क, पश्मिनाका कपडा तथा सल, ज्वेलरी, खाना, पेय पदार्थलगायत राखिएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव ९विमल० धमलाले मेलाबाट नेपाली संस्कृतिको जीवन्त संसार अन्वेषण गर्न सकिने बताए । उनले मेलामा ठमेलभित्रका हस्तकला व्यवसायी र होटल तथा रेष्टुरेन्टले स्टल राखेका छन् । मेलाका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ ।

पछिल्लो समय सुरक्षा निकायसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गरेको छ । । जसकारण ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक गतिविधिसमेत चलायमान हुँदै गएको धमलाको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते