होमपेज > पाथीभरा मन्दिरमा यो यामकै सबैभन्दा धेरै भक्तजनको भीड

पाथीभरा मन्दिरमा यो यामकै सबैभन्दा धेरै भक्तजनको भीड

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवी मन्दिरमा शनिबार यो यामको सबैभन्दा धेरै भक्तजन पुगेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार मात्रै ६ हजार ३९३ भक्तजनले देवीको दर्शन गरेका छन्।

बिज्ञापन

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म भक्तजनहरू लामो लाइनमा उभिएर पूजाअर्चना गरेका थिए। बिहानैदेखि मन्दिर परिसरमा श्रद्धालुको ठूलो भीड देखिएको उनले जानकारी दिए।

पाथीभरा मन्दिरमा वर्षभर नै दर्शनार्थीहरूको आगमन भइरहने भए पनि विशेषगरी दसैँतिहारको अवधिमा भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्ने गर्छ। त्यसपछि चैतेदसैँका समयमा पनि यहाँ ठूलो संख्यामा श्रद्धालु पुग्ने परम्परा रहेको समितिले जनाएको छ।

बिज्ञापन

समितिका तथ्याङ्कअनुसार गत असोज महिनाभर २९ हजार १७४ भक्तजनले पाथीभराको दर्शन गरेका थिए। शनिबारको भीडले यस याममा भक्तजनको आगमनले नयाँ रेकर्ड बनाएको समितिले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते