होमपेज > रौतहटमा अवैध कपडासहित बस चालक र सहचालक पक्राउ

रौतहटमा अवैध कपडासहित बस चालक र सहचालक पक्राउ

बिज्ञापन
बिज्ञापन

सशस्त्र प्रहरी बल ११ नम्बर गणले २१ लाख ६४ हजार बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहट हेडक्वाटरले २१ लाख ६४ हजार बराबरको अवैध लत्ताकपडा, बस सहित दुई जनालाई पक्राउ गरेको हो ।

बिज्ञापन

बिज्ञापन

विशेष सूचनाको आधारमा खटिएको टोलीले २७ गते साढे सात बजे यमुनामाई गाउँपालिका ५ ईद्रिस गेटमा सवारी साधन चेकजाँच गर्ने क्रममा गौरबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ४ ख ५१४४ नम्बरको यात्रुबाहक बसमा यात्रु सिट माथिको लाईट कम्पाटमेन्टमा स्कु खोली प्रत्येक होलको फल्स बटममा लत्ताकपडाहरु लुकाई छिपाई अबैध रुपमा भन्सार छली लैजादै गरेको अवस्थामा बरामद गरेको छ ।

बिज्ञापन

धादिङ जिल्ला बेनिघाट रोलाङ गाउँपालिका २ का २७ बर्षे चालक राज कुमार लामा र रौतहट बृन्दावन नगरपालिका ७ का २१ बर्षे सहचालक मिराज अन्सरीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ११ गणका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए । ‘काठमाडौं जान लागेको बसमा अवैध कपडा तस्करी हुन लागेको भन्ने विशेष सूचना पाएपछि हाम्रो टोली साँझदेखि तैनाथी अवस्थामा थियो,’ उनले भने, ‘भारतबाट भन्सार राजस्व छलेर ल्याएका कपडाहरू राजधानी लैजान लागेको रहेछ । हामीले चालक, सहचालकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाएका छौं ।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते