होमपेज > नक्कली बिल बनाएर पशुपति सामुदायिक वनमा भ्रष्टाचार, अध्यक्षसहित आठ जनाविरुद्ध मुद्दा

नक्कली बिल बनाएर पशुपति सामुदायिक वनमा भ्रष्टाचार, अध्यक्षसहित आठ जनाविरुद्ध मुद्दा

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज ९आइतबार० इलामको माइ नगरपालिकाको पशुपति सामुदायिक वनका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

बिज्ञापन

प्रक्रिया नपुर्‍याएको, प्राविधिक विल भरपाई नराखी आफू अनुकूल कागजात तयारी गरेको, कार्यक्रम नभएको स्थानमा पुल निर्माण गरेको तथा कागजात किर्ते गरेर सरकारी रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार वन उपभोक्ता समूहका अध्यक्ष रसाईलीविरुद्ध १५ लाख पाँच हजार ९३० रुपियाँ बराबरको बिगो रकम माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

बिज्ञापन

यस्तै, उपभोक्ता समूहका तत्कालिन सल्लाहकार समूह संयोजक अर्जुनकुमार थापा र सोही समूहका तत्कालिन कोषाध्यक्ष राम कुमारी खत्रीविरुद्ध चार लाख रुपियाँ बिगो रकम माग गरिएको छ । वन उपभोक्ता समूहका उपभोक्ता रस्मिता बराइलिविरुद्ध चार लाख रुपियाँ बिगो दाबी गरिएको छ भने दर्तावाला लेखा परीक्षक चन्द्रबहादुर बस्नेतले नभएका कुरा देखाइ लेखा परीक्षण गरेकाले सोही बमोजिम जरिवाना हुन माग दाबी गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै वन उपभोक्ता समूहका तत्कालिन सचिव राम बहादुर मगर र सोही समूहका तत्कालिन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठविरुद्ध ११ लाख पाँच हजार ९३० रुपियाँ बिगो माग दाबी गरिएको आरोपपत्रमा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते