होमपेज > काँकरभिट्टाबाट तीन महिनामा १२ अर्बभन्दा बढीको मालवस्तु आयात

काँकरभिट्टाबाट तीन महिनामा १२ अर्बभन्दा बढीको मालवस्तु आयात

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्।

बिज्ञापन

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यो अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु १ अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो।
गत आवको पहिलो त्रैमासिकमा यो नाकाबाट रु १० अर्ब ८४ करोड ३ लाख बराबरका सामान आयात भएका थिए।

बिज्ञापन

यद्यपि, चालु आवको पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ। सो अवधिमा रु ४ अर्ब ८० करोड ३९ लाख बराबरका सामान विभिन्न मुलुकमा निर्यात भएका छन्। गत आवको सोही अवधिमा रु ६ अर्ब ८ करोड ६९ लाख बराबरको वस्तु निर्यात भएको थियो, जसअनुसार निर्यात २१ दशमलव ०८ प्रतिशतले घटेको कार्यालयले जनाएको छ।

हुमागाईंका अनुसार काँकरभिट्टाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भिनियर सिट र मोलासिस रहेका छन्। त्यस्तै, आयात हुने मुख्य वस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडा रहेका छन्।

बिज्ञापन

कार्यालयका तथ्यांकअनुसार चालु आवको पहिलो त्रैमासिकमा आयात–निर्यातबाट रु ४ अर्ब १५ करोड २० लाख ८ हजार राजस्व संकलन भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५ दशमलव ६९ प्रतिशत (रु ५६ करोड २९ लाख ९७ हजार) ले बढी भएको कार्यालयले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते