होमपेज > पेट्रोलियमको मूल्य भारतबाट बढेर आए पनि नेपालमा खुद्रा मूल्य यथावत

पेट्रोलियमको मूल्य भारतबाट बढेर आए पनि नेपालमा खुद्रा मूल्य यथावत

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले हालको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। आसन्न चाडपर्वलाई लक्षित गर्दै उपभोक्तामा मूल्य वृद्धिको थप भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको निगमले जनाएको छ।

बिज्ञापन

नेपाल आयल निगमका अनुसार, भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसनबाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ०.२४ रुपैयाँ, डिजेलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३.६० रुपैयाँले मूल्य बढेर आएको हो।

तर निगमले यी मूल्य वृद्धिलाई खुद्रा बिक्री मूल्यमा समायोजन नगरी, उपभोक्ता मूल्य यथावत् राख्ने निर्णय लिएको हो। मंगलबार जारी विज्ञप्तिमा निगमले उल्लेख गरेको छ, “आसन्न चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर सहज आपूर्ति सुनिश्चित गर्न साबिकको मूल्यलाई निरन्तरता दिइएको हो।”

बिज्ञापन

यसअघि पनि चाडपर्वका अवसरमा निगमले मूल्य स्थिर राख्दै आयात मूल्य वृद्धिको बोझ आफैंले व्यहोर्दै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते