एनएमबी बैंक लिमिटेडले १ अर्ब ८४ करोड कर तिरेको छ । बैंकले मर्जर तथा प्राप्ती र एफपीओबापतको कर बुझाएको हो । बैँकले दिएको जानकारी अनुसार राज्यकोषमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर बुझाएको हो ।
बिज्ञापन
अर्थमन्त्री डा. प्रकाशसरण महतले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मर्जर तथा प्राप्ती र एफपीओबापत कर उठाउने व्यवस्था गरेका थिए । तर, बैंक तथा वित्तीय संस्थाले ‘भूतप्रभावी’ नबुझाउने बताउँदै आएका थिए ।
बिज्ञापन
आर्थिक विधेयकको व्यवस्थाविरुद्ध सरकारलाई प्रतिपक्षी बनाएर बैंक तथा वित्तीय संस्था अदालत पुगेका थिए । तर, अदालतले बैंक तथा वित्तीय संस्थाको विपक्षीमा निर्णय गरेपछि राज्य कोषमा शुक्रबार नै कर बुझाएको एनबएमबीले जनाएको छ ।








