होमपेज > त्रिभुवन विश्वविद्यालयले परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

त्रिभुवन विश्वविद्यालयले परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ । कोरोना महामारीपछि रोकिएको परीक्षाको नतिजा लामो समयदेखि प्रकाशन हुन सकेको थिएन । जसले गर्दा पनिकालाई चाप बढेको थियो ।

बिज्ञापन

एकातिर पुरानो नतिजा प्रकाशन गर्नुपर्ने थियो भने अर्कोतिर नयाँ परीक्षा गराउनु र नतिजा प्रकाशन गर्नुपर्ने चुनौती थियो । तर, अहिले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत जेठदेखि हालसम्म २५ वटा विषयको परीक्षाको नतिजा सार्वजनिक गरिएको बताए । जसमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गर्न सफल भएको उनको भनाइ छ । करिब तीन महिनाको अवधिमा पनिकाले २५ विषयको तीन लाख ९२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गर्न सफल भएको हो । अब पुराना तीन विषयको नतिजामात्रै प्रकाशन गर्न बाँकी रहेको उनले बताए । तीमध्ये २ विषयको नतिजा यसै महिनाभित्र आउने र एउटाको नतिजा भदौैमा आउने उनको भनाइ छ ।

बिज्ञापन

tu2

‘ अहिले थपिएको सुविधा साउनसम्मको लागिमात्र हो । भदौदेखि नयाँ सुविधा दिनुपर्छ । त्यसका लागि पदाधिकारीहरूसँग कुरा भइरहेको छ । त्यसो भयो भने आगामी दिनमा परीक्षा सकिएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्छौं,’ जोशीले भने ।

बिज्ञापन

साउन २ गतेदेखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक भइसकेको छ । ६ वटा विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजिनक भएको हो । त्यस्तै पोलिटिकल साइन्सको नतिजासमेत ११ दिनमै सार्वजनिक भएको थियो । एमबीएस प्रथम वर्षको नतिजा परीक्षा सकिएको १० दिनमै सार्वजनिक भएको छ ।

tu1

त्यस्तै एमए प्रथम वर्ष (पार्सियल) को नतिजा समेत परीक्षा सकिएको ४ दिनमै सार्वजनिक भएको छ । जबकि यसअघि अघिल्ला वर्षहरूमा उक्त नतिजा सार्वजनिक गर्न कम्तीमा ६ महिना लाग्ने गरेको थियो । बढी विद्यार्थीले परीक्षा दिएका विषयहरूमा भने कोरोना महामारीपछि २ वर्षसम्ममा समेत नतिजा सार्वजनिक हुन सकेको थिएन ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते