होमपेज > नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्दै

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत यो रकम संकलन गर्न लागेको हो।

बिज्ञापन

हाल देशभरको कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। ब्याजदर नियन्त्रण र तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) को प्रयोग गर्दै आएको छ।

आजको निक्षेप संकलनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकका अनुसार, बोलकबोलमा सहभागी संस्थाहरूले प्रस्ताव गर्ने ब्याजदरअनुसार सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ र त्यसैअनुसार रकम बाँडफाँट गरिनेछ।

बिज्ञापन

अनलाइन खरिद प्रणालीमार्फत हुने आजको बोलकबोलमा ब्याजदर पनि प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ। निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ वैशाख ९ गते भुक्तानी गरिनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम रकम ५ करोडको गुणकमा हुने गरी निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार, यो कदमले अधिक तरलता नियन्त्रण र वित्तीय स्थायित्व कायम राख्न सहयोग पुर्‍याउनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते