होमपेज > पैसाको लोभमा एउटा दम्पतीले एक आपसमा १२ पटक गरे सम्बन्ध विच्छेद

पैसाको लोभमा एउटा दम्पतीले एक आपसमा १२ पटक गरे सम्बन्ध विच्छेद

बिज्ञापन
बिज्ञापन

पैसाको लोभमा एउटा दम्पतीले एक आपसमा १२ पटक सम्बन्ध विच्छेद गरेका छन् ।

बिज्ञापन

सम्बन्ध विच्छेद गर्ने दम्पतीलाई सरकारले दिने रकमको लोभमा  दम्पतीले एक आपसमा विच्छेद गरेका छन् । अष्ट्रियाको ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स गरेका हुन् । भियना प्रहरीले अहिले यो अनौठो घटनाको अनुसन्धान गरिरहेको छ । विधवा महिलालाई सरकारी दिने जिवन निर्वाह भत्ता अर्थात् एकल महिला पेन्सन बापतको वार्षिक करिब ३० हजार युरो पाउनका लागि उक्त दम्पतीले एक आपसमा श्रृंखलाबद्ध डिभोर्स गरेको हो । पहिलो पतिको सन् १९८१ मा मृत्यु भएपछि ती महिलाले उक्त भत्ता पाउन थालेकी थिइन् । पहिलो पतिको मृत्यु भएको अर्को वर्ष नै दोस्रो बिहे गरेता पनि विधवाको रुपमा पाउने पेन्सलाई खाइराख्नका लागि उनले त्यसयता लगालग दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी छन् ।

बिज्ञापन

अष्ट्रियन कानून अनुसार विधवा महिलाले दोस्रो बिहे नगरेसम्म उक्त जिवन निर्वाह भत्ता प्रयोग गर्न पाउँछिन् । साथै उनले हरेक अढाई वर्षमा आफ्नो वार्षिक विधवा पेन्सनको साढे दुईगुणा रकम पाउने गर्थिन् । त्यसले उनको दोस्रो पतिसँग उनले प्रत्येक तीन वर्षमा कागजी डिभोर्स गर्ने गरेको खुलासा भएको छ । उक्त पेन्सन रकम हात पारेपछि भने उनीहरुले पुनः बिहे गर्थे। तर, उक्त ठग दम्पतीको ठगी धन्दा सन् २०२२ को मे महिनामा मात्रै चर्चामा आयो । आफ्नो दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी ती महिलालाई पेन्सन विमान संस्थानले विधवा पेन्सन दिन अस्वीकार गरेपछि यो विषय सार्वजनिक भएको हो । त्यसपछि गरिएको अनुसन्धानले उक्त दम्पतीले पेन्सन लिनका लागि हरेक पटक डिभोर्स गर्ने र हरेक ३ वर्षमा बिहे गर्ने गरेको देखाएको छ ।

अनुसन्धान अनुसार उक्त दम्पती ग्राज सहरमा एउटै घरभित्र वर्षौंदेखि सँगै बस्ने, सँगै खाने तथा सँगै सुत्ने गरेका छन् ।छिमेकीहरुलाई उनीहरुले डिभोर्स गर्ने र पुनः बिहे गर्ने गरेको थाहै थिएन । वास्तवमा छिमेकीहरुले उनीहरुलाई कहिल्यै नछुट्टिने नमुना जोडीको रुपमा लिन्थे । एक दम्पतीले चार दशकसम्म कानूनी लूपहोलको दुरुपयोग गरेको यो घटनासँगै अष्ट्रिया सरकारलाई एकल महिलाको निर्वाह भत्ता सम्बन्धी कानूनी छिद्र टाल्न प्रेरित गरेको छ ।

बिज्ञापन

गत मार्च महिनामा अष्ट्रियाको सर्वोच्च अदालतले गरेको फैसलामा भनिएको छः वास्तविकतामा नछुट्टिइकनै केवल विधवा पेन्सनमा दाबी गर्नकै लागि एउटै दम्पतीले पटक-पटक बिहे गर्ने र लगत्तै डिभोर्स गर्नु भनेको कानूनको दुरुपयोग हो । उक्त दम्पतीमाथि अहिले ठगीको मुद्दा चलिरहेको छ । अभियोजनकर्ताका अनुसार हालसम्म उक्त कानूनी छिद्रको दुरुपयोग गर्दै ३ लाख २६ हार युरो दम्पच पारिसकेका छन् । खुसीको कुरा, उनीहरुको १२औं डिभोर्स चाहिं अष्ट्रियाको सरकारी निकायले मान्यता दिएन । त्यसैले उनीहरु दुवै जनालाई सँगै उक्त मुद्दा चल्नेछ। महिलाको उमेर अहिले ७३ वर्षको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते