जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लास्थित धाप, गोब्रे, मनेखार्क वर्षामापन केन्द्र तथा आसपासका स्थानहरूमा पछिल्लो १ घण्टामा मध्यम वर्षा मापन भएको जनाएको छ।
बिज्ञापन
विभागले बुधबा बिहान १२:५० बजे एक सूचना जारी गर्दै मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना रहेकोले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
बिज्ञापन








